hERO hERO

वेस्टइन्डिजले पाकिस्तानलाई हरायो

आइतबार, साउन १८, २०८२

काठमाडौँ: दोस्रो टी–२० अन्तराष्टिय सिरिजमा वेस्टइन्डिजले पाकिस्तानलाई हराएको छ । 
लाउडर हिलमा भएको खेलमा पाकिस्तान घरेलुटोलीसंग २ विकेटले पराजित भएको हो । जितकालागि पाकिस्तानले दिएको १३४ रनको लक्ष्य वेस्टइन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर भेट्टायो । 
वेष्टइण्डिजको जितमा गुडाकेश मोतीले सर्वाधिक २८ रनको योगदान गरे । कप्तान साई होपले २१ तथा कप्तान जेसन होल्डरले नटआउट १६ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । 
पाकिस्तानकालागि हसन नवाजले सर्वाधिक ४० रन जोडे । कप्तान सलमान आघाले ३८ तथा फकर जमानले २० रन बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । पाकिस्तानलाई सस्तेमा समेट्ने क्रममा जेसन होल्डरले ४ विकेट लिए । 
वेष्टइण्डिजको जितसंगै तीन खेलको सिरिज १–१ बराबरीमा पुगेको छ । तेस्रो तथा अन्तिम टी–२० खेल भोली हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्