सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :जिम्बाब्वेविरुद्धको पहिलो टस्टमा न्युजील्याण्ड विजयी भएको छ ।
बुलावायोमा सम्पन्न पहिलो टेस्ट खेलमा न्युजील्याण्डले जिम्बाब्वेलाई नौ विकेटले हराउँदै सिरिजमा अग्रता लिएको होे । जितका लागि पाएको ८ रनको लक्ष्य न्यूजल्याण्डले एक विकेट गुमाएर भेट्टायो । टस जितेर पहिले ब्याटिङ थालेको जिम्बाब्वे पहिलो पारीमा १४९ रनमै समेटियो । हेनरीले पहिलो पारीमा सबैभन्दा धेरै ६ विकेट लिए ।
जवाफी ब्याटिङमा डेवोन कोन्वेले ८८ रन र डेरेल मिचेलले ८० रन बनाएपछि न्युजील्याण्डले पहिलो पारीमा ३०७ रन बनाउको थियो । जिम्बाब्वेको दोस्रो पारी १६५ रनमै सीमित बन्यो । मिचेल सान्टनरले ४ विकेट लिएपछि न्युजील्याण्डले सजिलै जित निकालेको हो । हेनरीले पहिलो पारीमा १५.३ ओभरमा ३ मेडनसहित ३९ रन खर्चेर ६ विकेट लिए ।
जितसँगै दुई खेलको टेस्ट सिरिजमा न्यूजल्याण्डले १–० को अग्रता बनाएको छ ।