Ncit Ncit

एनपिएलकाे आय-व्यय विवरण सार्वजनिक

बिहीबार, साउन १५, २०८२

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलकाे पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानकाे मुलपानीमा आज बसेकने कार्यसमिति बैठकले आय-ब्यय सार्वजनिक गरेकाे हाे ।

संघका अनुसार पहिलो संस्करणमा कुल आम्दानी करिब २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ भएको छ । कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ लागेको छ ।

खर्च कटाएर बाँकी रहेको करिब ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ मध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ ओटा फ्रेन्चाइज टोलीलाई वितरण गरिनेछ ।

त्यसपछि बाँकी रहेको ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ मध्ये ७० लाख प्रदेश संघमा बाँडफाँट हुनेछ भने २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नेपाल क्रिकेट संघ (क्यान) को भागमा पर्नेछ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणलाई लिएर संघले आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले विवरण सार्वजनिक गरेको जनाएको छ ।

FB_IMG_1753974993259-1753975771.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्