Ncit Ncit

टी–२० वरियतामा दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा, हार्दिक पाण्ड्या शीर्ष स्थानमै

बुधबार, साउन १४, २०८२

काठमाडौँ : नेपाली क्रिकेट प्रेमीहरूका लागि सुखद खबर ! राष्ट्रिय टोलीका भरपर्दा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अन्तराष्ट्रिय टी–२० वरियतामा पुनः दोस्रो स्थानमा उक्लिन सफल भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका हुन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका दीपेन्द्रले नेपाललाई महत्त्वपूर्ण जित दिलाउँदै व्यक्तिगत प्रदर्शनमार्फत आफ्नो वरियतामा सुधार गर्न सफल भएका हुन् ।

वरियताको शीर्ष स्थानमा भने भारतीय अलराउण्डर हार्दिक पाण्ड्या यथावत रहेका छन् । तेस्रो स्थानमा अफगानिस्तानका अनुभवी खेलाडी मोहम्मद नाबी छन् भने इङ्ल्याण्डका लियाम लिभिङस्टोन चौथो स्थानमा छन् । यस्तै, पाँचौँ स्थानमा वेस्ट इन्डिजका रोमारियो सेफर्ड रहेका छन् ।

नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी–२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ । ऐरीको उच्च मनोबल र उत्कृष्ट प्रदर्शनले नेपाललाई आगामी शृंखलामा थप बलियो टोलीको रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्