सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर र ओभल मैदानका ग्राउण्ड्सम्यान ली फोर्टिसबीच भनाभन भएको छ ।
इङ्ल्याण्डमा अन्तिम टेस्ट खेल्न तयारी गरिरहेको बेला प्रशिक्षक गम्भीरलाई फोर्टिससँग कडा स्वरमा कुरा गरिरहेको देखिएको हो । भनाभनका बिषयमा फोर्टिसले पत्रकारलाई खास कुरा भने खुलाएनन्। तर क्रिक इन्फोका अनुसार भारतले मैदानको मुख्य पिच नजिकै धेरै अभ्यास गरेकाले फोर्टिस रिसाएको हुन सक्ने अनुमान गरिएको छ । पिच राम्रो राख्न ग्राउण्ड्सम्यानहरू निकै सचेत हुन्छन् ।
ओभल मैदानमा सेप्टेम्बरसम्म अरू धेरै खेलहरू पनि हुने भएकाले पिच बिग्रन नदिने फोर्टिसको मुख्य चिन्ता थियो । भारत म्यानचेस्टर टेस्ट बराबरी खेलेर लण्डन आएको हो। मंगलबारको वैकल्पिक अभ्यासमा सहायक प्रशिक्षक र गम्भीर चाँडै मैदान पुगेका थिए । त्यस क्रममा खेलाडी र प्रशिक्षकहरू पिच नजिक पुगेकामा फोर्टिस असन्तुष्ट भएका थिए। फोर्टिसले रोक्न खोज्दा भारतीय स्टाफले अभ्यास पिच नजिक नजाँदा गाह्रो हुने भनेका थिए। त्यसपछि गम्भीर आफैँ फोर्टिससँग कुरा गर्न पुगेका हुन् । इङ्ल्याण्ड पाँच खेलको एन्डरसन–तेण्डुलकर ट्रफीमा अहिले २–१ ले अघि छ।
अन्तिम टेस्ट जुलाई ३१ देखि ओभलमा हुँदैछ।