Ncit Ncit

सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच सहकार्य

सोमबार, साउन १२, २०८२

काठमाडौँ :सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि. लाई आफ्नो एक्सिलेन्स पार्टनरको रूपमा घोषणा गरेको छ। उत्कृष्टताको प्रतीक मानिने मार्भलसँगको सहकार्य हाम्रो लागि गर्वको विषय हो।

हामी यो साझेदारीलाई सफल सिजनमार्फत अझ मजबुत बनाउँदै भविष्यमा पनि निरन्तरता दिने अपेक्षा राख्छौँ।

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले भने, “नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा निकै उत्साहित छौँ। क्रिकेटले लाखौँ नेपालीलाई जोड्छ र नयाँ प्रतिभालाई अघि ल्याउँछ। हामी रोयल्सलाई सफलताको शुभकामना दिन्छौँ र उत्कृष्ट खेल प्रदर्शनको प्रतीक्षा गर्दैछौँ।”

रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने, “पवन सरको निरन्तर साथले हाम्रो हौसला बढाएको छ। मार्भल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्नु गौरवको कुरा हो। यसले एनपिएललाई थप उचाइमा पुर्याउनेछ र अरू व्यवसायिक क्षेत्रलाई पनि खेलमा लगानी गर्न प्रेरित गर्नेछ।”

हामी सबैलाई आह्वान गर्दछौँ – हिम्मतसाथ खेलौँ, ठूलो सपना देखौँ र नेपाली क्रिकेटलाई अझ अगाडि बढाऔँ!

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्