Ncit Ncit

युएईलाई हराउँदै युगाण्डाद्वारा टि–२० सिरिज कब्जा

सोमबार, साउन १२, २०८२

काठमाडौँ :युगान्डाले आफ्नै मैदानमा आयोजना गरिएको टि–२० अन्तर्राष्ट्रिय सिरिजमा शान्दार प्रदर्शन गर्दै उपाधि उचालेको छ।

आइतवार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा युगान्डाले युएईलाई ८ रनले पराजित गर्दै सिरिज  जितेको हो।

छ टोली सम्मिलित यो सिरिज डबल राउण्ड रोबिन फर्म्याटमा खेलिएको थियो, जहाँ सबै ६ खेल जित्दै युगान्डा अपराजित रह्यो।

पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। अल्पेश रामजानीले ८ चौका र १ छक्कासहित ६१ रन बनाए भने राजिभ धवनले ४१ बलमा ५६ रन जोडे।

जवाफमा युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन मात्र बनाउन सक्यो। युएईका इथान डिसोजाले १७ बलमा ३२ रन र मोहम्मद जुहिबले ३० रनको योगदान दिए। कप्तान वासिमले २५ रन र राहुल चोपरा २२ रनमा सीमित भए।

युगान्डाका दिनेश नकर्नी र फ्रान्क नसुबुङ्गाले समान २–२ विकेट लिए भने अल्पेश रामजानी, म्याथ्यु मुसिङ्जी र कोसमस क्याईवाताले १–१ विकेट झारे।

उल्लेखनीय कुरा के छ भने, युगान्डा हाल आइसीसी टी-२० वरीयतामा २२औं स्थानमा रहँदा युएई १३औं स्थानमा छ।

तर मैदानमा, युगान्डाको उत्कृष्ट खेल कौशलले सबै वरीयता भुलेर ताज जित्न सफल रह्यो।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्