hERO hERO

हारिसकेकाे खेलमा भारत बराबरी गर्न सफल

सोमबार, साउन १२, २०८२

काठमाडौँ :भारत र इङ्ल्यान्डबीच जारी पाँच टेस्टको शृंखलाको चौथो खेल बराबरीमा सकिएको छ।

पाँचौं दिन भारतले दोस्रो इनिङमा ४ विकेट गुमाएर ४२५ रन बनाएपछि खेल निष्कर्षविहीन रह्यो। खेलको चौथो र पाँचौं दिन भरपर्दो ब्याटिङ गर्दै भारतीय टोलीले हार टारेको हो।

कप्तान शुभमन गिलले शतकीय पारी खेल्दै १०३ रन बनाए भने वाशिंगटन सुन्दरले १०१ र रविन्द्र जडेजाले अविजित १०७ रन बनाएर टोलीलाई संकटबाट उकासे। त्यसैगरी केएल राहुलले पनि महत्वपूर्ण ९० रन जोडे।

यसअघि भारतले पहिलो इनिङमा ३५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा इङ्ल्यान्डले ठूलो स्कोर खडा गर्दै ६६९ रन जोडेको थियो।

यो खेल बराबरीमा सकिएसँगै पाँच खेलको शृंखला इङ्ल्यान्डले २-१ ले अग्रता लिएको छ। अब शृंखलाको निर्णायक तथा अन्तिम टेस्ट जुलाई ३१ देखि लिड्समा हुनेछ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्