सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :वेस्ट इण्डिजविरुद्धको टी–२० सिरीजमा अस्ट्रेलियाले लगातार चौथो जित निकालेको छ ।
आज भएको आफ्नो चौथो खेलमा घरेलुटोलीलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले ४–० को अग्रता बनाएको हो । जितकालागि वेष्टइण्डिजले दिएको २०६ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेट गुमाएर भेट्टायो ।
अष्ट्रेलियाको जितमा क्याम्रोन ग्रिनले नटआउट ५५ तथा जोस इङग्लिसले ५१ रन जोडे । ग्लेन म्याक्सवेलले ४७ रन बनाए । त्यसअघि सेन्ट किट्स एण्ड नेभिसमा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको थियो । उसकालागि शेरफन रादरफर्डले सर्वाधिक ३१ रन जोडे ।
रोभमन पावेल र रोमारियो शेफर्डले समान २८ रन बनाए । पाँचौ तथा अन्तिम टी–२० आगामी मंगलवार हुनेछ ।