hERO hERO

न्यूजल्याण्डलाई त्रिकोणात्मक टी–२० सिरिज

आइतबार, साउन ११, २०८२

काठमाडौँ :त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज न्यूजल्याण्डले हात पारेको छ ।

शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३ रनले हराउँदै न्यूजल्याण्डले उपाधि उचालेको हो । जितकालागि न्यूजल्याण्डले दिएको १८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७७ रनमा समेटियो ।

उसकालागि लुआन–ड्रे प्रिटोरियसले अर्धशतसकिय पारी खेल्दै सर्वाधिक ५१ रनबो योगदान गरे । रेजा ह्यान्ड्रिकले ३७ तथा डेवल्ड ब्रेभिसले ३१ रन बनाए । त्यसअघि जिम्वाबेको हरारे स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिमा तानिएको न्यूजल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । उसकालागि डेभिड कन्वे र रचिन रविन्द्रले समान ४७ रन बनाए । टिम सेफर्टले ३० रन जोडे ।

प्रतियोगितामा न्यूजल्याण्ड अपराजित टोली समेत हो । घरेलुटोली जिम्बावे भने जितबिहिन रहेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्