ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जिल्ला स्तरीय शिक्षक भलिबलको उपाधी जुगललाई 

शनिबार, जेठ १९, २०८१

मेलम्ची :पाँचपोखरीमा सम्पन्न जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जुगल गाउँपालिकाले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधीमाथी कब्जा जमाएको हो ।

जुगलले उपाधी सँगै ५० हजार नगद समेत हात पारेको छ भने दोस्रो भएको मेलम्चीले ३० हजारमा चित्त बुझाएको छ ।  पाँचपोखरी थाङपाल गाउँपालिका  तेस्रो भएको छ ।इन्द्रावती गाउँपालिकालाई हराउँदै तेस्रो भएको पाँचपोखरीले भने २० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको २ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा  सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको गरि जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिए ।

प्रतियोगिताको शुक्रवार गाउँपालिका अध्यक्ष टासी लामाले उद्घाटन गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्