hERO hERO

एनपीएलको अक्सन साउन २४गते

शनिबार, साउन १०, २०८२

काठमाडौँ :नेपाल क्रिकेटसंघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि अक्सनको मिति घोषणा गरेको छ ।

(क्यान)ले आज  एक विज्ञप्ति जारी गर्दै यहि साउन २४ गते अक्सन हुने जानकारी गराएको हो । प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमले रिलिज गरेका र अन्य खेलाडी गरी ४५८ जना खेलाडीले क्यानमा नाम दर्ता गराएको जानकारी दिए। क्यानले यही साउन ६ गतेसम्म खेलाडी दर्ताको समय दिएको थियो।

क्यानले अब ती ४५८ को नाम फ्रेन्चाइज टिमलाई दिने र मापदण्ड निर्धारण गरी त्यसमा पर्ने खेलाडी तथा फ्रेन्चाइज टिमले इच्छाएका खेलाडीलाई अक्सन सूचीमा राखिने जनाएको छ।एनपीएलमा ८ वटा टिम छन्।

ती आठवटा टिमले पहिलो सिजनमा खेलेका मार्की खेलाडी र अन्य केही खेलाडीलाई टिममा यथावत राखेका छन्।

अब टिम पूरा गर्न अक्सनमार्फत खेलाडीलाई अनुबन्धन गर्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्