hERO hERO

न्यूजल्याण्ड र दक्षिण अफ्रिका उपाधिकालागि भिड्दै 

शनिबार, साउन १०, २०८२

काठमाडौँ :दक्षिण अफ्रिका,न्यूजल्याण्ड र जिम्बाबे सम्मिलित त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजको फाइनल खेल आज हुँदैछ ।

हरारे क्रिकेट मैदानमा बेलुकी पौने ५ बजे हुने फाइनलमा न्यूजल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेलेका चारै खेलमा जित निकालेको न्यूजल्याण्ड अहिलेसम्म अपराजित छ । दक्षिण अफ्रिकाले खेलेका चार खेलमा दुई खेलमा जित निकाल्दा दुई खेलमा हार ब्यहोरेका छ ।

घरेलु टोली जिम्बाबे जित बिहिन रहँदै प्रतियोगिताबाट बाहिरिसिकेको छ । 
    
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्