Add web Add web

दिपेन्द्र सिं ऐरीले गरे टी–२० वरियतामा सुधार

बुधबार, साउन ७, २०८२

काठमाडौँ:टी–२० ब्याटिङ वरियतामा नेपालका दिपेन्द्र सिं ऐरीले एक स्थान सुधार गरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेको बरियतामा ऐरीले एक स्थान सुधार गर्दैै ६१ औँ स्थानमा आईपुगेका हुन् । कप्तान रोहित पौडेलको वरियता यथावत छ । उनी ६५ औँ स्थानमा यथावत रहेका हुन् । आशिफ शेखको भने वरियता खस्किएको छ । उनी तीन स्थान तल झर्दै ८० र्आँ स्थानमा आइपुगेका हुन् ।

टी–२० बलिङतर्फ नेपालका दिपेन्द्र सिं ऐरीले एक स्थान सुधार गर्दै ७८ औँ स्थानमा आईपुग्दा ललित राजवंशीको वरियता पनि खस्किएको छ । नयाँ वरियतामा उनी दुई स्थान तल खस्कदैँ ५८ औँ स्थानमा आइपुगेका छन् ।

सन्दीप लामीछाने ७५ औँ स्थानमा यथावत छन् ।  टी–२० अलराउण्डरतर्फ भारतका हार्दिक पाण्डे शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा वेष्टइण्डिजका रोस्टन चेस आईपुगेका छन् । उनले वरियतामा सात स्थान सुधार गरेका छन् । तेस्रो स्थानमा दिपेन्द्र सिं ऐरी यथावत छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्