ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रधानमन्त्री कप भलिवल आजबाट ,यस्तो छ खेलतालिका

शनिबार, जेठ १९, २०८१

काठमाडौँ : आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल शनिवारबाट काठमाण्डौँमा सुरु हुुदैँछ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली सहभागि रहने आयोजक नेपाल भलिबल संघ (एनभिए) ले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन  पुरुषतर्फ चार र महिलातर्फ दुई खेल गरी कूल ६ खेल हुनेछन् । पुरुष तर्फको पहिलो खेलमा टिपटप हेल्प नेपाल र बुढानिलकण्ठबीच विहान ९ बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै विहान ११ बजे नेपाल पुलिस र सुदुरपश्चिम ,दिउँसो १ वजे एपिएफ र गण्डकी तथा साँझ ७ बजे त्रिभुवन आर्मी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेभएको छ ।

महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चन्द्रागिरी न्यू डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । साँझ ५ बजे हुने अर्को खेलमा बिभागिय टोली नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुने आयोजकले जनाएको छ । खेलहरु त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा हुने छन् । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्धघाटन गर्ने कार्यक्रम छ । 

-यस्तो छ खेलतालिका :

Match-Schedule--sportshub-1717208388.jpg


 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्