Add web Add web

वेस्ट इण्डिजलाई अस्ट्रेलियाले सहजै हरायो

बुधबार, साउन ७, २०८२

काठमाडौँ :वेस्ट इण्डिजविरुद्दको टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाले अग्रता लिएको छ ।

जमैकाको सबाना पार्कमा आज सम्पन्न दोस्रो खेलमा वेस्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै पाँच खेलको सिरिजमा अस्ट्रेलियाल २–० को अग्रता बनाएको हो । जितका लागि वेष्टइण्डिजले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा जोस इङ्ग्लिसले सर्वाधिक ७८ तथा क्यामरुन ग्रिनले ५६ रनको अविजित अर्धशतकीय पारी खेले । तेस्रो विकेटका लागि यी दुवैले १३१ रनको अविजित साझेदारी गर्दै अस्ट्रेलियालाई सहज जित दिलाए।

यसअघि, टस हारेर ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । उसकालागि ब्राण्डन किंगले सर्वाधिक ५१ रन जोडे भने रसेलले ३६ रनको आक्रामक पारी खेले ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए।१५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा विराम लगाउँदै रसेलले यही खेलमार्फत सन्यासको घोषणा गििरसकेका छन् । तर, उनी फ्रेन्चाइज लिग खेल्न भने उपलब्ध हुने जनाइएको छ।

सिरिजको तेस्रो तथा अन्तिम खेल शनिवार सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्