सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
ढाका :पाकिस्तानविरुद्दको टी–२० अन्तर्राष्ट्रिय सिरिज बंगालादेशले जितेको छ ।
गएराती ढाकामा भएको खेलमा पाहुनाटोली पाकिस्तानलाई ८ रनले हराउँदै घरेलुटोलीले सिरिज २–० ले जितेको हो । टी–२० सिरिजमा बंगलादेशले पहिलो पटक पाकिस्तानलाई हराएको हो । जितकालागि बंगालादेशले दिएको १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा अलआउट हुँदै १२५ रनमा समेटिएको थियो ।
उसकालागि फहिम असरफले सर्वाधिक ५१ रनको योगदान गरे । उनले ३२ बलमा ४ चौका र ४ छक्का सहित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याटर बंगलादेशी बलरहरूसामु निरिह बने । ७ जना ब्याटरले दोहोरो अंक छुन सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो ।
बंगलादेशका लागि जाकेर अलीले ४८ बलमा ५५ रन र महेदी हसनले २५ बलमा ३३ रन बनाए । बलिङतर्फ पाकिस्तानकासलमान मिर्जा, अहमद दानियाल र अब्बास अफरीदीले २–२ विकेट लिए।
फहीम अशरफ र मोहम्मद नवाजले समान १–१ विकेट हात पारे । तेस्रो तथा अन्तिम खेल बिहिवार हुनेछ ।