सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबीच हरेक वर्ष पुरुष र महिला क्रिकेटको द्विपक्षीय सिरिज आयोजना गर्ने सहमति भएको छ।
क्यानका अनुसार दुई देशबीच होम एन्ड अवे आधारमा कम्तीमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल र थप ५० ओभरका खेलहरू हुनेछन्।
क्यानले उक्त सम्झौतालाई दुवै देशको क्रिकेटमा रणनीतिक सहकार्य र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूको एक्सपोजर विस्तार गर्ने अवसरका रूपमा अर्थ्याएको छ।
एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धा वृद्धि गर्नसमेत यो महत्वपूर्ण पहल भएको क्यानको भनाइ छ। सहमति सन् २०२६ बाट लागू हुनेछ।
नेपालले हालै सम्पन्न आइसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो प्रतिभा देखाइसकेको छ भने कुवेतले यसै वर्षको अन्त्यमा हुने आइसीसी पुरुष टी–२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोट खेल्न तयारी गरिरहेको छ।
क्यानका अनुसार यस सहमतिले उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण तयार पार्न थप मद्दत गर्नेछ। संयोगवश नेपाल र कुवेत दुवै टोली आगामी टी–२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोटमा एउटै समूहमा रहेका छन्।