सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको पूर्णिमा राईले गोल्डेन बुट हात पार्न सफल भएकी छन्। उनले ६ खेलमा १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनिन् ।
पूर्णिमाको नाममा दुई ह्याट्रिक पनि दर्ता भए। यस्तै मोस्ट भ्यालुएबल प्लेयर बंगलादेशकी सागोरिका घोषित भइन् भने उत्कृष्ट गोलकिपरको अवार्ड पनि बंगलादेशकी मिली अख्तरले पाइन्।
नेपाल सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग ४–० ले पराजित भएर उपविजेतामा सीमित भयो। तर पूर्णिमाले नेपालको सम्मान बचाउन गोल्डेन बुट हात पारेर नयाँ प्रेरणा दिएकी छन्।
फेयर प्ले अवार्ड श्रीलंकाले जितेको छ।