एन्फाकाे अर्काे कमजाेरी

गाली ओइरिएपछि एन्फाले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनायाे

सोमबार, साउन ५, २०८२

काठमाडौं :नेपालको महिला यू-२० टोलीले साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशसँग ४–० को लज्जास्पद हार ब्यहोरेपछि फेरि एकपटक अखिल नेपाल फुटबल संघ (एन्फा) आलोचनाको केन्द्रमा परेको छ।

बंगलादेशकी सागोरिकाले एक्लैले चार गोल गरेपछि घरेलु समर्थक निराश बनेका छन् भने नेपाली टोली फेरि उपविजेतामै सीमित भयो।

तर हारभन्दा ठूलो चर्चा अहिले सामाजिक सञ्जालमै भइरहेको छ। कारण – एन्फाले फेसबुक पेजकमा कमेन्ट गर्नै नमिल्ने सेटिङ गरेको छ। समर्थकहरूले हारपछि एन्फाविरुद्द गालिगलाैजमा उत्रिएपछि फेसबुकमा लाइक र शेयर मात्रै गर्न मिल्ने तर कमेन्ट सेक्सन नै गायब भएको छ ।

किन अचानक कमेन्ट बन्दगर्ने स्थितमा पुग्याे एन्फा ?

एन्फालाई पछिल्ला केही महिना विवादले पछ्याइरहेको छ। सिनियर महिला टोलीका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्ड र व्यवस्थापनबीचको गहिरो विवाद चुलिँदै गएको थियो।

अन्ततः प्रशिक्षकले पदबाट राजीनामा दिए। तर विवाद भने टुंगिएको छैन। फुटबलको सुधारभन्दा भित्रका गुटबन्दी र बेथितिलाई जोड दिएको आरोप लागिरहेको बेला आजको हारले झन् आगोमा घिउ थपिदिएको छ।

खेलकै दौरान समर्थकहरूले मैदानमा होइन, एन्फाको नीतिगत कमजोरीमै हारको दोष लगाएका थिए। हारपछि झनै सामाजिक सञ्जालमा प्रश्नहरू उर्लने थाहा पाएर नै एन्फाले फेसबुक पोस्टमा कमेन्ट बन्द गरेको धेरैको ठम्याइ छ।

अब के हुन्छ?

नेपाली फुटबल समर्थकहरू पटक–पटक यो देखिरहेका छन् कि हार र विवाद आयो कि एन्फाले आलोचना रोक्न नयाँ उपाय अपनाउँछ। तर समाधान भने कतै देखिँदैन।

प्रशिक्षक विवाद होस् वा हारको पीडा – जिम्मेवार निकायले जबसम्म खुलेर कुरा सुन्दैन, आलोचना बन्द हुने सम्भावना छैन।

आजको हारले फेरि पनि देखायो – मैदानमा मात्र होइन, व्यवस्थापनमा पनि खेल सुधार्न बाँकी नै छ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्