T10 T10

नेपाल र बंगलादेशबीचको खेलमा किन बजेन राष्ट्रिय गान

सोमबार, साउन ५, २०८२
Global

ढाका :साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको निर्णयक खेलका क्रममा राष्ट्रिय गान बजाईएन ।

ढाकामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–० ले हराउँदै उपाधि जितेको खेलमा दुवै देशका राष्ट्रिय गान नबजाईएको हो । बंगलादेशमा एक सैनिक बिमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएपछि उक्त खेलमा राष्ट्रिय गान नबजाई शोक ब्यक्त गर्न मौन धारण गरिएको थियो ।

बंगलादेशी वायु सेनाको एक एफ–७ बीजीआई ट्रेनर विमान राजधानी ढाकाको दियाबारीस्थित माइलस्टोन स्कुल एण्ड कलेज परिसरमा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा पाईलट सहित २० जना मारिएका थिए । बंगलादेशको अग्नि तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालले जानकारी दिए।

दुर्घटनामा १७१ जना घाइते भएका छन्।घाइतेहरूलाई ढाका मेडिकल कलेज नजिकैको नेशनल बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मीटोला अस्पताल, कंबाइन्ड मिलिटरी अस्पताल, ढाका मेडिकल कलेज अस्पताल र उत्तरा मोडर्न अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचारका लागि भर्ना गरिएको छ।

सरकारका कानुनी सल्लाहकार प्राध्यापक आसिफ नजरूलले घटनाले गहिरो पीडा दिएको बताएका छन्। “सरकारले मंगलबार राष्ट्रिय शोक दिवस घोषणा गरिसकेको छ,“ उनले भने, “यस घटनाको कारण के हो भन्नेबारे पनि छानबिन हुनेछ।“

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्