भारतलाई ठुलो धक्का अधिकांस खेलाडी चोटग्रस्त

सोमबार, साउन ५, २०८२

काठमाडौँ :इंग्ल्याण्डविरुद्धको चौथो टेस्ट अघि भारतीय टिमलाई ठुलो धक्का पुगेको छ।

युवा अलराउन्डर नितीश कुमार रेड्डी लिगामेन्ट चोटका कारण सिरीजबाट बाहिर भएका छन्। उनी हालै मैनचेस्टरमा टिमसँगै पुगेका थिए, तर आइतबारको अभ्यास सत्रमा सहभागी भएका थिएनन्।

चोटबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन। यो भारतीय टिमका लागि तेस्रो झट्का हो – आकाशदीपको फिटनेसमा प्रश्न उठिरहेका छन् भने अर्शदीप सिंहको हातमा टाँका लागेको छ।

बीचमै टिमसँग अंशुल कंबोज जोडिएका छन्, तर प्लेइङ ११ को सन्तुलन मिलाउन टिम म्यानेजमेन्टले कस्तो निर्णय लिन्छ – त्यो हेर्न बाँकी छ।

यता, प्रसिद्ध कृष्णा, कुलदीप यादव र शार्दुल ठाकुरजस्ता बलरहरू बेन्चमै छन्। तर मैनचेस्टरमा लगातार वर्षाको सम्भावना रहेकाले खेलसमेत प्रभावित हुन सक्ने अनुमान छ। चौथो टेस्ट खेल जुलाई २३ देखि सुरु हुने तय छ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्