यु-२० साफ महिला च्याम्पियनसिप

नेपालकाे असली परीक्षा आज,निर्णायक खेलमा बङ्गलादेशसङ्ग खेल्दै

सोमबार, साउन ५, २०८२

काठमाडौं :साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाली यू–२० महिला फुटबल टोली आज घरेलु टोली बंगलादेशसँग फाइनल सरहको अन्तिम खेल खेल्दैछ ।

राउण्ड रोविन लिगको अन्तिम भए पनि नेपालका लागि यो उपाधि जित्ने अन्तिम मौका हो । बंगलादेशलाई पछि पार्न नेपाललाई जितको विकल्प छैन । बंगलादेशले भने बराबरीमा पनि उपाधि जोगाउनेछ । यो खेल आज सोमबार साँझ पौने ७ बजे ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुनेछ ।

हाल बंगलादेश ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ । यसअघि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।

नेपालले पछिल्ला सबै खेलमा उत्कृष्ट जित दिंदै उपाधि होड बलियो बनाएको छ । प्रशिक्षक याम प्रसाद गुरुङ र कप्तान बिर्सना चौधरीले आजको खेलमा गल्ती सुधारेर जित निकाल्ने दाबी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०२:३०
प्रतिक्रिया दिनुहोस्