सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँइ:ङ्ल्यान्डको बर्मिङ्घममा जारी विश्व लिजेन्ड्स क्रिकेट च्याम्पियनसिप (डब्लुसीएल) मा भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल अन्तिम समयमा आएर रद्द गरिएको छ।
आइतबारको लागि तय गरिएको खेल रद्द हुनुको मुख्य कारण हो — भारतीय टोलीले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न अस्वीकार गर्नु। प्रतियोगिताका आयोजकले पुष्टि गर्दै भनेका छन्, “भारतीय खेलाडीहरूले पाकिस्तानविरुद्ध खेल्न नमानेपछि खेल रद्द गर्नुपर्यो। हामीले क्रिकेटलाई सधैं प्राथमिकता दिएका छौं, तर यस्तो स्थिति आउने कल्पना गरेका थिएनौं।” राजनीतिक चिसोपनको असर मैदानमै भारत र पाकिस्तानबीचको लामो समयदेखि चलिरहेको राजनीतिक चिसोपनले अन्तर्राष्ट्रिय क्रिकेटमा फेरि प्रभाव पारेको छ।
भारतको जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकवादी हमलापछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पाकिस्तानसँग कुनै पनि प्रतिस्पर्धात्मक खेल नखेल्ने निर्णय गरेको थियो। पाकिस्तान विजयी यात्रा सुरु गर्दै, भारत अझै खेलबिहीन पाकिस्तानी टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयोजक इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सशक्त सुरुआत गरिसकेको छ। तर भारतीय टोलीले अहिलेसम्म कुनै खेल खेलेको छैन।
अब भारतीय टोलीले आफ्नो पहिलो खेल मंगलबार दक्षिण अफ्रिका लिजेन्ड्ससँग खेल्नेछ। भारतीय टोलीको कप्तानी युवराज सिंह गरिरहेका छन्।
आयोजकको क्षमायाचना खेल रद्द भएपछि डब्लुसीएल आयोजकले दर्शकहरूबाट क्षमायाचना गरेका छन्। “हामी क्रिकेटप्रति पूर्ण समर्पित छौं। तर यस्तो स्थिति हाम्रो योजना बाहिरको थियो,” आयोजकको विज्ञप्तिमा उल्लेख छ।