hERO hERO

महिला फुटबलका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा 

शनिबार, साउन ३, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् ।

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान पुगेका बेला कप्तान परिवर्तनलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)  र प्रशिक्षक वाइल्डबीच तनाब चर्किएको थियो । टोलीभित्र कप्तानी विवाद र व्यवस्थापन कमजोरीबारे वाइल्डको अन्तर्वार्तापछि विवाद थप चुलिउको थियो । टिम व्यवस्थापन र डेलिगेट्सले प्रशिक्षक वाइल्डमाथि नै टोलीमा समस्या ल्याएको आरोप लगाएका थिए ।

बिबादका बिषयमा एन्फाले पत्रकार सम्मेलन नै गरेर स्पष्टी करण दिनुपरेको थियो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार घटनाको विवरण मागेर पत्र पठाइए पनि प्रशिक्षक वाइल्डले औपचारिक जवाफ दिएका थिएनन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्