hERO hERO
साफ यू–२० महिला च्याम्पियनसिप

पूर्णिमा र मिनाको ह्याट्रिक गोलमा भुटान पराजित

शनिबार, साउन ३, २०८२

काठमाडौँ :भुटानविरुद्द फराकिलो जित निकाल्दै नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि दाबेदारी बलियो बनाएको छ ।

बंगलादेशको वसुन्धरा किङ्स एरिनामा आज भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा पूर्णिमा राई र मिना देउवालले ह्याट्रिक गोल गरिन् । कुसुम खतिवडा र समीक्षा मगरले एक–एक गोल गरिन् । नेपालले यसअघि भएको चार खेलमा तीन जित र एक खेलमा हार ब्यहोरेको छ ।

पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो ।दोस्रो खेलमा आयोजक बंगलादेशसँग २–३ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकामाथि ७–० को फराकिलो जीत निकालेको थियो ।

चौथो खेलमा पनि नेपालले श्रीलंकालाई नै पुनः ७–० ले हराएको थियो । हालसम्म बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ९ अंकका साथ दोस्रो स्थानमा छ। भुटान ३ अंकका साथ तेस्रो र श्रीलंका अंकविहीन चौथो स्थानमा छ ।

नेपाली टोलीले सोमबार बंगलादेशसँग आफ्नो छैटौं तथा अन्तिम खेल खेल्नेछ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्