सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्धको खेलमा पहिलो हाफमै ६–० को विशाल अग्रता बनाएको छ।
पहिलो हाफमा नै पूर्णिमा राईले ह्याट्रिक पूरा गरेकी छन् भने मिना देउवाले दुई र समीक्षा मगरले एक गोल गरेकी छन्।
नेपालले खेल शुरू भएको ४४ औं सेकेन्डमै अग्रता लिएको थियो। सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरे पनि मिना देउवाले बललाई जाली चुमाइन्।
नवौं मिनेटमा समीक्षाले प्रहार गरेको बल क्रसबारमा लागेर भुटानकी गोलकिपरलाई छोइ गोलमा परिणत भएपछि अग्रता दोब्बर भयो।
१२ औं मिनेटमा सुक्रीया मियाको प्रहारलाई गोलकिपरले रोक्दा आएको रिबाउन्डमा मिनाले छ यार्ड बक्स भित्रबाट लेफ्ट फुटेड प्रहार गर्दै तेस्रो गोल गरिन्।
२३ औं मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्याइन्।
इन्जुरी समयको पहिलो मिनेटमा सरिताको फ्रिकिकमा गोलकिपरले गल्ती गर्दा पूर्णिमाले हेडरमार्फत दोस्रो व्यक्तिगत गोल गरिन्। इन्जुरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलेर पूर्णिमाले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो। तेस्रो र चौथो खेलमा नेपालले श्रीलंकामाथि लगातार ७–० को फराकिलो जित निकालेको थियो।