hERO hERO

यु-२३ टाेलीबाट ८ खेलाडि बाहिरए

शनिबार, साउन ३, २०८२

काठमाडौं:एएफसी एसियन कप यू–२३ छनोट खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट ८ खेलाडी बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चरणबद्ध छनोट प्रक्रियापछि बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीमध्ये ८ खेलाडीलाई मुख्य प्रशिक्षक नविन न्यौपानेले बाहिर पठाएका हुन्। अब टोलीमा ३२ खेलाडी रहेका छन्।

टोलीले आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि तयारी गरिरहेको छ। नेपाल समूह के मा घरेलु टोली ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग परेको छ।

टोलीमा रहेका खेलाडीहरू:
अभिषेक सेङ्ताङ, अभिषेक वाइबा, आयुष घलान, आयुष तिम्सिना, अमित तमटा, अनिल बम्जन, अनिश छेत्री, आरोन थापा, विवेक गुरुङ, विशाल केसी, विशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्म जय धामी, जियारत शेख, कृशल मोक्तान, कृतिश रत्न चुनजु, लाहान सुब्बा, निग्मा लामा, निरज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सबिन घिमिरे, संजीव लामा, शंकर थारु, सन्तोष खत्री, सेमान्त थापा, सुजन मगर र सुमित श्रेष्ठ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्