भारतमा हुने प्रशिक्षणमा छानिएनन् सन्दीप,सोमपाल र करण 

शुक्रबार, साउन २, २०८२

काठमाडौँ :नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडीहरुमा नाम सार्बजनिक गरेको छ ।

आइसिसी टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले आज कप्तान रोहित पौडेलसंगै २० खेलाडीको नाम सार्वजनिक गरेको हो । पहिलो चरणको बन्द प्रशिक्षणमा परेका १२ खेलाडी बाहिरिएका छन् । करण केसी,ललित राजवंशी,सोमपाल कामी ,सन्दीप लामीछाने र आदिल आलम जस्ता खेलाडीहरु टोलीमा परेका छैनन् । क्यानले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बैंगलोरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न लागेको हो। यो प्रशिक्षण साउन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । 

दोस्रो बन्द प्रशिक्षणमा छानिउका खेलाडीहरु
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह,  भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार ।

519991743_1190306073125771_8232676259273109214_n-1752844804.jpg


 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्