T10 T10

नेपाल र बङ्गलादेशबीचको खेल तोकिएकै मितिमा हुने एन्फाको स्पष्टिकरण

शुक्रबार, साउन २, २०८२
Global

काठमाडौँ :अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल तोकिएको मितिमै हुने स्पष्ट पारेको छ। एन्फाले आज विज्ञप्ति सार्वजनिक गर्दै खेल सम्बन्धी विभिन्न भ्रामक समाचारहरूको खण्डन गर्दै सबै प्रक्रिया पूरा भइसकेको जानकारी गराएको हो।

फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही भदौ २१ र २४ गते दुई राष्ट्रबीच मैत्रीपूर्ण खेल हुनेछ। आवश्यक सबै प्रक्रिया पूरा गरी गएको जुलाई ७ तारिखमा एएफसी र फिफाबाट स्वीकृति प्राप्त भइसकेको र बङ्गलादेश फुटबल फेडेरेशनसँग समेत सहमति भइसकेको एन्फाले जनाएको छ।

नेपालले यस मैत्रीपूर्ण खेललाई आउँदो एएफसी एशियाली कप छनोटको तयारीको हिस्सा मानेको छ। समूह ‘एफ’ मा रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ तर दुवैमा पराजित भएको छ। समूहमा नेपालसँग मलेशिया, लाओस र भियतनाम छन्। छनोट अन्तर्गत नेपालले अक्टोबर ९ मा भियतनामसँग उसैको घरेलु मैदानमा खेल्ने तालिका छ।

anfa-1752829568.jpg


 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्