सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : ग्लोसेस्टरशायरका अनुभवी स्पिनर टम स्मिथले टी–२० ब्लास्टमा आफ्नो टिमको यात्राको समाप्तिसँगै पेसागत क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले ससेक्स शार्क्सविरुद्ध चेल्टेनह्याम कलेजमा खेलेको विटालिटी ब्लास्टको खेल आफ्नो अन्तिम म्याच भएको बताएका छन्।
टम स्मिथले २०१५ को रॉयल लन्डन वानडे कप र पछिल्लो सिजनको टी–२० ब्लास्ट जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनी क्लबको लागि टी–२० मा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्।
१२ वर्ष लामो यात्राको टुङ्गो स्मिथले ग्लोसेस्टरशायरका लागि आफ्नो करिअरको सुरुआत १२ वर्षअघि अस्ट्रेलिया 'ए'विरुद्ध अभ्यास म्याचबाट गरेका थिए। क्लबका लागि उनले सवै प्रारूपमा ३०१ विकेट, जसमा टी–२० मा १५४ विकेट, आफ्नो नाममा लेखाएका छन्।
भावुक विदाई सन्देश ग्लोसेस्टरशायरको वेबसाइटमा लेखिएको पत्रमा स्मिथले भनेका छन्:
“मलाई लाग्छ यो अवकाश लिने सही समय हो। पछिल्ला केही सिजनमा मैले खेल्ने क्रममै कोचिङतर्फ पनि पाइला चाल्ने मौका पाएँ र अब म त्यसैमा पूर्ण ध्यान केन्द्रित गर्न चाहन्छु।”
उनले क्लबप्रति आभार प्रकट गर्दै भनेका छन् कि बितेका १३ सिजन आफ्ना लागि मात्र नभई परिवारका लागि पनि निकै विशेष रह्यो। क्लबलाई डिभिजन वनमा पुर्याउनेदेखि दुईवटा ह्वाइट–बल ट्रफी जित्नेसम्मका क्षणहरू आफूका सबैभन्दा उत्कृष्ट अनुभव भएको स्मरण गरेका छन्।
कोचिङमा नयाँ अध्याय ग्लोसेस्टरशायरका मुख्य प्रशिक्षक मार्क एलेनले स्मिथलाई कोचिङ यात्राको शुभकामना दिँदै भने:
“स्मिथले ५० भन्दा बढी प्रथम श्रेणी म्याच खेलेका छन् तर ह्वाइट–बल क्रिकेटमा उनी अझ प्रभावशाली थिए। अब कोचिङमा पनि उनले त्यही ऊर्जा र प्रतिभा देखाउनेमा हामी पूर्ण विश्वस्त छौं।”