T10 T10

२० वर्षीया स्मिथ महिला फुटबल इतिहासकै महंगी खेलाडी

बिहीबार, साउन १, २०८२
Global

काठमाडौँ:क्यानडाली फरवार्ड ओलिभिया स्मिथ महिला फुटबलको इतिहासमै सबैभन्दा महंगी खेलाडी बनेकी छिन्।

उनले इंग्लिस क्लब आर्सनलसँग १० लाख पाउन्ड (करिब १० करोड नेपाली रुपैयाँ) को सम्झौता गरेकी हुन्।

यसअघि उनी लिभरपुल क्लबसँग आबद्ध थिइन्। अहिले २० वर्षकी स्मिथले १५ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन्। उनले अहिले च्याम्पियन्स लिगको उपाधि विजेता क्लब आर्सनलसँग चार वर्षका लागि सम्झौता गरेकी हुन्।

उनको यो सम्झौताले यसअघि चेल्सीले अमेरिकी डिफेन्डर नाओमी गिरमासँग गरेको ९ लाख पाउन्डको सम्झौताको कीर्तिमान तोडेको छ।

स्मिथले आर्सनलसँग अनुबन्ध गर्नु गर्व र सम्मानको कुरा भएको बताइन्। आर्सनलकी मुख्य प्रशिक्षक रेनी स्लेगर्सले स्मिथलाई उत्साही र उदीयमान खेलाडीको रूपमा वर्णन गर्दै क्लबका लागि महत्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गरिन्।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्