श्रीलंका विरुद्द नेपालकाे सानदार जित

बिहीबार, साउन १, २०८२

काठमाडौं :बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ। श्रीलंकाविरुद्ध नेपालले लगातार दोस्रो जित निकालेको हो।

चार खेलमध्ये तेस्रो जितसँगै नेपालको खातामा ९ अंक भएको छ।

नेपालका लागि समिक्षा मगरले दुई गोल गर्दा पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक/एक गोल गरे। त्यसैगरी श्रीलंकाले एक आत्मघाती गोल समेत खायो।

खेलको १६ औं मिनेटमा पुर्णिमा राईले पहिलो गोल गरेकी थिइन्। ३५ औं मिनेटमा कुसुम खतिवडाले दोस्रो गोल थपिन्। ४३ औं मिनेटमा सरिता नाथको फ्रि–किकले नेपालको अग्रता अझै फराकिलो बनायो।

४५ औं मिनेटमा कुसुमको प्रहार डिफ्लेक्ट भई श्रीलंकाले आत्मघाती गोल खायो र पहिलो हाफमा नेपाल ४-० ले अगाडि रह्यो।

६७ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत पाँचौं गोल गर्यो। बिर्सना चौधरीले पेनाल्टीलाई गोलमा परिणत गरिन्।

७४ औं र ७८ औं मिनेटमा समिक्षा मगरले दुई गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्। खेलको अन्त्यतिर पेनाल्टीमा सुशीला केसीले गोल गर्ने अवसर पाइनन्।

अब नेपालले आफ्नो अन्तिम खेल भुटानसँग खेल्नेछ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्