श्रीलंका विरुद्द नेपाललाई चार शुन्यको अग्रता

बिहीबार, साउन १, २०८२

ढाकाःसाफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्द पहिलो हाफमा अग्रता बनाएको छ ।

बसुन्धरा स्पोट्र्स मैदानमा जारी खेलको पहिलो हाफमा नेपालले ४–० को अग्रता बनाएको हो । नेपालकालागि पुर्णिमा राईले १५ औँ मिनेटमा गोल गरिन् । ३४ औँ मिनेटमा कुसुम खतिवडा र  सरिता कुमारी गोल गरिन् । एक गोल नेपालले आत्माघी उपहार पायो । 
डबल राउन्ड रोबिन लिग अन्तरगत नेपालले श्रीलंकासँग दोस्रोपटक खेलिरहेको हो । पहिलो पटकको भिडन्तमा नेपालले श्रीलंकालाई ७–० को ठूलो अन्तरले पराजित गरेको थियो। त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ६–१ को जित निकालेको थियो तर दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले स्तब्ध बनेको थियो।

अहिलेसम्म दुवै खेलमा हार बेहोरेको छ — पहिलो खेलमा बंगलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो।प्रतियोगिताको अंकतालिकामा बंगलादेश ३ खेलबाट शतप्रतिशत जित निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ भने भुटानको खातामा ३ अंक छ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्