सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाली महिला फुटबलकी कप्तान एवम् फरवार्ड स्टार सवित्रा भण्डारीले अष्ट्रेलियाको शीर्ष महिला फुटबल लिग ‘ए-लिग विमेन्’मा खेल्ने अवसर पाएकी छन्। उनी न्युजिल्यान्डको वेलिङ्टनमा आधारित क्लब वेलिङ्टन फिनिक्स एफसीसँग अनुबन्धित भएकी हुन्।
वेलिङ्टन फिनिक्सले अष्ट्रेलियाको ए-लिग विमेन् प्रतिस्पर्धामा फुटबल फेडेरेसन अष्ट्रेलिया (FFA) को लाइसेन्सअन्तर्गत भाग लिँदै आएको छ।
सवित्राले यसअघि भारतीय महिला लिगमा शानदार प्रदर्शन गरेकी थिइन्, जहाँ उनले लगातार उच्च गोल स्कोर गर्दै आफूलाई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको रूपमा चिनाएकी हुन्।
नेपाली फुटबलका लागि ऐतिहासिक उपलब्धि यो अनुबन्धसँगै सवित्रा भण्डारी अष्ट्रेलियाको शीर्ष फुटबल लिगमा अनुबन्ध हुने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। उनको यो सफलताले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको छ।
‘सवित्रालाई बधाई! यो नेपाली फुटबलको लागि गौरवको क्षण हो।’