Dosa Dosa

नेपाल र श्रीलंकाबीचको खेल आधा घण्टा ढिला सुरु हुँदै

मंगलबार, असार ३१, २०८२

ढाका  :बंगलादेशको राजधानी ढाकामा परेको अविरल वर्षाका कारण साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु हुने भएको छ।

बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) ले भारी वर्षाले मैदान खेल्न योग्य नदेखिएपछि खेल साँझ ६:४५ मा सुरु हुने तालिका परिवर्तन गरी राति ७:१५ मा सारिएको जनाएको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानमाथि ६–१ को फराकिलो जित निकाल्दै शानदार सुरुआत गरेको थियो। तर दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले स्तब्ध भएको थियो।

अब नेपाल श्रीलंकाविरुद्ध सहज जित निकालेर सेमिफाइनल यात्रा मजबुत पार्ने योजनामा छ भने श्रीलंका पहिलो जितको खोजीमा मैदान उत्रँदै छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्