T10 T10

मुख्य प्रशिक्षकसङ्ग एनफाले साेध्याे स्पष्टीकरण

सोमबार, असार ३०, २०८२
Global

काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डसँग उज्बेकिस्तानमा भएको घटनाबारे स्पष्टीकरण मागेको छ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार घटनाको विवरण मागेर पत्र पठाइए पनि प्रशिक्षक वाइल्डले अहिलेसम्म औपचारिक जवाफ दिएका छैनन्।

वाइल्डले उज्बेकिस्तानमा हुँदा तीन पेज लामो प्रतिवेदन एन्फालाई पठाए पनि नयाँ विवरणका लागि पत्राचार गरिएको एन्फाले जनाएको छ।

टिम म्यानेजर र हेड अफ डेलिगेट्सले पनि आ–आफ्नो रिपोर्ट बुझाइसकेको प्रवक्ता शाहले बताए। उनले वाइल्ड नेपाल फर्केपछि मात्र थप निर्णय हुने जनाए।

टोलीभित्र कप्तानी विवाद र व्यवस्थापन कमजोरीबारे वाइल्डको अन्तर्वार्तापछि विवाद चर्किएको हो। टिम व्यवस्थापन र डेलिगेट्सले भने प्रशिक्षक वाइल्डमाथि नै टोलीमा समस्या ल्याएको आरोप लगाउँदै आफूहरूको पक्ष स्पष्ट पारिसकेका छन्।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्