सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–२० साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेश विरुद्द नेपालले खराब प्रदर्शन गरेको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी खेलको पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ । खेलको १३औँ मिनेटमा नेपालको कमजोर डिफेन्सलाई भत्काउँदै बङगालादेशकी सिखा सिनाले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
खेलको ३६ औँ मिनेटमा बंगालादेशकी सगारीकाले अर्को गोल गर्दै अग्रता दोब्बर बनाईन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले नेपालीमा टोलीमा एक परिवर्तन गरेका छन् ।
प्रशिक्षक गुरुङले फरवार्ड लाइनमा मीना देउवालाई सुरुवाति ११ मा स्थान दिएका छन् भने वर्षा ओलीलाई बेन्चमा राखेका छन् ।