सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :साफ यु–२० महिला च्याम्पियनसिपमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले नेपालीमा टोलीमा एक परिवर्तन गर्दै पहिलो रोजाई सार्बजनिक गरेका छन् । प्रशिक्षक गुरुङले फरवार्ड लाइनमा मीना देउवालाई सुरुवाति ११ मा स्थान दिएका छन् भने वर्षा ओलीलाई बेन्चमा राखिएको छ।गोलकिपरको जिम्मा सुजता तामाङले सम्हाल्नेछिन्।
रक्षापंक्तिमा गंगा रोकाया, सिम्रन राई, माया मास्के र अनिशा राई रहनेछन्।मिडफिल्डमा सुक्रिया मिया, सुशिला केसी, कप्तान बिर्सना चौधरी र सेनु परियार खेल्नेछन्। आक्रमणतर्फ पूर्णीमा राई र मीना देउवाले अग्रपंक्ति सम्हाल्नेछन् ।
आज भएको खेलमा भुटानले श्रीलंकालाई ५–० गोलले पराजित गरेको छ ।