Dosa Dosa

३ वर्षपछि आदिल आलम राष्ट्रिय टोलीमा फर्किए

आइतबार, असार २९, २०८२

काठमाडौं :करिब ३ वर्षपछि मोहम्मद आदिल आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। टि ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आदिलसहित ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणका लागि बोलाएको छ।

केही वर्षअघि नेपाल टि ट्वान्टी लिगमा फिक्सिङको आरोप लागेपछि प्रतिबन्धमा परेका आदिल प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक टोलीमा फर्किएका हुन्।

नेपालले आगामी अक्टोबरमा ओमानमा विश्वकप छनोट खेल्ने तयारी गरिरहेको छ। त्यसअघि नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्दै वेस्ट इन्डिजसँग तीन खेलको टि ट्वान्टी सिरिज पनि खेल्नेछ।

क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा रहेका छन् ।  बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकारलगायत रहेका छन्।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्