साफ यू–१७ महिला फुटबल :सहायक प्रशिक्षकमा थापा, टिम म्यानेजरमा निरु नियुक्त

आइतबार, असार २९, २०८२

काठमाडौं : आगामी भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहायक प्रशिक्षक र टिम म्यानेजरको नियुक्ति गरेको छ।

एन्फाले यू–१७ महिला टोलीको सहायक प्रशिक्षकमा नरेश थापालाई नियुक्त गरेको छ भने टिम म्यानेजरको जिम्मेवारी निरु थापालाई दिएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा महासचिव किरण राईले दुवै जनालाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो।

साफ यू–१७ महिला च्याम्पियनसिप यही वर्ष भुटानमा हुँदैछ। नेपाली टोलीले प्रतियोगिताका लागि तयारी तीव्र पारेको छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्