Dosa Dosa

एनपीएल मिनी अक्सन: खेलाडी रजिस्ट्रेसन सुरु, साउन ६ सम्म समय

आइतबार, असार २९, २०८२

काठमाण्डौ :नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत मिनी अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको जानकारी दिएको हो।

क्यानका अनुसार एनपीएलमा रहेका आठ टोलीबाट रिलिज गरिएका खेलाडीहरू तथा नयाँ इच्छुक क्रिकेटरहरूले आफूलाई रजिस्टर गराउन पाउनेछन्। दर्ता प्रक्रियामा सहभागी खेलाडीहरूले 'ए', 'बी' वा 'सी' मध्ये जुनसुकै श्रेणी रोज्न सक्नेछन्।

रजिस्ट्रेसनको लागि शुल्क १,००० रुपैयाँ तोकिएको छ भने अन्तिम म्याद साउन ६ गतेसम्मको रहनेछ।

क्यानको वार्षिक कार्यतालिका अनुसार, एनपीएल मिनी अक्सन सन् २०२५ को अगस्ट महिनामा आयोजना हुने तयारीमा छ।

खेलाडी दर्ता गर्न यहाँ क्लीक गर्नुहोस् ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्