diwpawali diwpawali

टी-२० विश्वकप छनोट : खेल तालिका सार्वजनिक ,नेपालले कुवेतसँग पहिलो

शनिबार, असार २८, २०८२

काठमाण्डौ :नेपालले सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। ओमानमा असोज २२ गतेबाट छनोट प्रतियोगिता सुरु हुनेछ। नेपालले पहिलो दिन नै कुवेतसँग भिड्दै छनोट अभियानको सुरुवात गर्नेछ।

आज सार्वजनिक तालिका अनुसार नेपालले दोस्रो खेल असोज २४ गते जापानसँग खेल्नेछ। समूह चरणपछि शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन्। अक्टोबर १२ देखि १७ सम्म चल्ने सुपर सिक्समा शीर्ष तीन टिमले सन् २०२६ को विश्वकप खेल्ने मौका पाउनेछन्।

समूह विभाजन : नेपाल समूह ‘बी’ मा
९ टिम सहभागी छनोटमा टोलीहरू तीन समूहमा विभाजित छन् :

समूह ‘ए’ : यूएई, मलेशिया, कतार

समूह ‘बी’ : नेपाल, कुवेत, जापान

समूह ‘सी’ : ओमान, पपुवा न्यूगिनी, समओ

लगातार दोस्रो पटक विश्वकप लक्ष्य
नेपालले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउन चाहेको हो। तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ र वेस्ट इन्डिजसँग टी-२० सिरिज पनि खेल्नेछ।

हालसम्म १५ टिम छनोट
२०२६ को विश्वकपमा कुल २० राष्ट्र खेल्नेछन्। युरोप क्षेत्रीय छनोटबाट हिजो मात्रै इटाली र नेदरल्यान्ड्सले आफ्नो स्थान पक्का गरेसँगै हालसम्म १५ राष्ट्र फाइनलमा पुगिसकेका छन्। बाँकी पाँच स्थानका लागि एशिया र अफ्रिकाबाट टिम छनोट हुनेछन्।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्