diwpawali diwpawali

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनालाई कानूनी स्वीकृति

शुक्रबार, असार २७, २०८२

काठमाडौं : कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाले आवश्यक सम्पूर्ण कानूनी स्वीकृति प्राप्त गरेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन्। उनले रंगशालाको तस्वीर सेयर गर्दै ‘सिटी अफ क्रिकेट’ भनिने फाप्ला रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया पूरा भई कानूनी स्वीकृति आएको बताएकी छन्।

मन्त्री राणाका अनुसार यो खबरले धनगढीवासीसहित सम्पूर्ण खेलप्रेमीहरूमा नयाँ ऊर्जा थपेको छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्