सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :युरोपियन छनोट अन्तर्गत नेदरल्याण्ड्समा बिहीबार सम्पन्न खेलमा स्कटल्याण्ड जर्सीसँग पराजित हुँदै आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपबाट बाहिरिएको छ।
जर्सीसँगको खेलमा स्कटल्याण्ड १ विकेटले पराजित भयो। स्कटल्याण्डले दिएको १३४ रनको लक्ष्य जर्सीले निर्धारित २० ओभरको अन्तिम बलमा भेट्टायो।
यो खेलसँगै छनोटमा लगातार दोस्रो हार ब्यहोरेको स्कटल्याण्डको विश्वकप सपना चकनाचुर भएको हो भने विजयी जर्सीले भने छनोटको आशा कायम राखेको छ।
अब जर्सीले फाइनल स्थान पक्का पार्न आजै हुने अर्को खेलमा इटलीले नेदरल्याण्ड्सलाई हराउनु पर्नेछ। तर, यदि नेदरल्याण्ड्सले इटलीलाई ठुलो अन्तरले हराउन सके पनि जर्सीको सम्भावना जिवन्त रहने छ।