सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
ढाका :२०२५ साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा घरेलु टोली बंगलादेशले प्रभावशाली सुरुआत गरेको छ । आज ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई एकतर्फी खेलमा ९–१ गोल अन्तरले पराजित गरेको हो ।
बंगलादेशको जितमा मोसम्मत सागोरिका चम्किइन् । उनले ह्याट्रिक गर्दै तीन गोल गरिन् । त्यसैगरी मोसम्मत मुन्की अख्तरले दुई गोल गर्दा सप्ना रानी, सिन्हा जाहान सिखा, रुपा अख्तर र शान्ती मार्दीले एक–एक गोल थपे ।
पहिलो हाफमै चार गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा थप पाँच गोल गर्दै एकतर्फी जित दर्ता गर्यो । श्रीलंकाले सान्त्वना स्वरूप एक गोल फर्काउन सफल भयो ।
यो जितसँगै बंगलादेशले समूह चरणमा पहिलो तीन अंक जोडेको छ ।
उता च्याम्पियनसिपको दोस्रो खेलमा आज साँझ नेपाली समय अनुसार पौने ७ बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विजयी सुरुआत गर्दै घरेलु टोलीसँग प्रतिस्पर्धा कडा बनाउन चाहन्छ ।