सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेका नेपाली खेलाडी र अफिसियललाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
क्यानले उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी र अफिसियललाई जनही रू ५० हजारका दरले नगद दिने निर्णय गरेको हो । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबैलाई नगद पुरस्कार वितरण गरिने जनाएको छ ।
गत असार २१ गते मलेसियामा सम्पन्न फाइनलमा नेपालले सिङ्गापुरलाई २ विकेटले हराउँदै उपाधि उचालेको थियो । यसअघि समूह चरणमा नेपालले खेलेका सबै खेल जित्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले समूह चरणमा सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।