Dosa Dosa

माेन्टी देसाई काठमाण्डु गाेर्खाजकाे प्रशिक्षक नियुक्त

बिहीबार, असार २६, २०८२

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक बनेका छन् ।

काठमाडौंले आफ्नो सामाजिक सञ्जालमार्फत देसाईलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । एनपीएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रशिक्षक थिए ।

देसाईले नेपालप्रति आफ्नो विशेष लगाव रहेको भन्दै टियु क्रिकेट मैदानमा समर्थकसँग पुनः भेट हुन पाउँदा उत्साहित भएको बताएका छन् ।

काठमाडौंले यो संस्करणका लागि कप्तान तथा मार्की खेलाडीको रुपमा करण केसीसहित भीम सार्की, राशिद खान, दीपेश कंडेल, शाहब आलम र प्रतिक श्रेष्ठलाई टिममा कायम राखेको छ ।

पहिलो संस्करणमा काठमाडौंले ७ मध्ये ४ खेल जितेर तालिकाको पाँचौं स्थानमा चित्त बुझाएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्