Dosa Dosa

महिला फुटबलका मुख्य प्रशिक्षक विरुद्द गायिका झुमा लिम्बुको अपमानजनक टिप्पणी

बिहीबार, असार २६, २०८२

काठमाडौं :चर्चित नेपाली गीत ‘भगाउँछ काफ्ले…’ की गायिका झुमा लिम्बुले महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेकी छन्। उनले वाइल्डको शारीरिक बनावटमाथि व्यक्तिगत टिप्पणी गर्दै लेखेकी छिन् —

jhlimbu-1752197492.jpg

"त्यस्तो नाथे खुइले बाँदरलाई कसले कोच बनाएर ल्याको? कि यस्तो मिलेको टिम फुटाउन कुनै हाम्रै बाँदरले खुइले बाँदरको काँधबाट बन्दुक पड्काउँदैछ?"

यो कटाक्षपूर्ण र व्यंग्यात्मक स्टाटस अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ।

फुटबलको मैदानमा विवाद, सामाजिक सञ्जालमा वाकयुद्ध
हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उज्बेकिस्तानसँगको निर्णायक खेलमा टाइब्रेकरमा हार बेहोरेपछि नेपाली टिम एसियन कपमा छनोट हुन सकेन। खेलपछि मुख्य प्रशिक्षक वाइल्ड बेल्जियम फर्किए र एक दैनिक पत्रिकामार्फत एन्फा नेतृत्वमाथि कडा आलोचना गरे।

त्यसै सन्दर्भमा महिला टिमकी पूर्वकप्तान एन्जेला तुम्बापो सुब्बाले पनि वाइल्डमाथि असन्तुष्टि पोखिसकेकी छन्। झुमा लिम्बुको स्टाटसले यही विवादलाई थप उकास्ने संकेत देखिएको छ।

प्रश्न उठ्दैछन् – आलोचना वा अपमान?
सामाजिक सञ्जालमा लिम्बुको शैलीलाई लिएर दुई धारणा छन्— केहीले यसलाई "भावनात्मक प्रतिकार" भन्दै समर्थन गरेका छन् भने केहीले सार्वजनिक व्यक्तित्वबाट यस्तो "शब्द चयन" अनुपयुक्त रहेको टिप्पणी गरेका छन्।

प्रशिक्षकको भविष्य अन्योलमा
विवाद चुलिंदै जाँदा प्रशिक्षक वाइल्डको पुनः नेपाल फर्कने सम्भावना अन्योलमा परेको छ। प्रशिक्षक–संघ–खेलाडी त्रिकोणीय असमझदारी नेपाली महिला फुटबलको भविष्यमा गम्भीर प्रश्नचिन्ह खडा गर्दैछ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्