hERO hERO

फिफा वरीयतामा एक स्थान खस्कियो नेपाली फुटबल

बिहीबार, असार २६, २०८२

काठमाडौं :विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिम एक स्थान खस्किएको छ। अद्यावधिक वरीयताअनुसार नेपाल अब १७६औँ स्थानमा पुगेको छ, जुन यसअघि १७५औँ स्थानमा थियो।

नेपालले पछिल्लो फिफा विन्डोमा दुई खेल खेलेको थियो। एक मैत्रीपूर्ण खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग २–१ ले पराजय बेहोरेको थियो। उल्लेखनीय कुरा के छ भने, लाओससँग नेपालको यो पहिलो हार हो।

दक्षिण एशियाली फिफा वरीयता अपडेट :
दक्षिण एशियाली राष्ट्रहरूमध्ये नेपाल तेस्रो स्थानमा कायम छ, तर छिमेकी देशहरूको प्रदर्शनमा उल्लेखनीय परिवर्तन देखिएको छ:

  • भारत ६ स्थान खस्किँदै १३३औँ स्थानमा झरेको छ (अघिल्लो: १२७औँ)। तर दक्षिण एशियाली मुलुकहरूमा भारत शीर्ष स्थानमा यथावत छ।
  • माल्दिभ्स ७ स्थान खस्किँदै १७१औँ स्थानमा पुगेको छ।
  • नेपाल तेस्रो स्थानमा यथावत रहँदा,
  • बंगलादेश १ स्थान घट्दै १८४औँ स्थानमा पुगेको छ।
  • भुटान ४ स्थान खस्किँदै १८६औँ स्थानमा पुगेको छ।
  • श्रीलंकाले उल्लेखनीय सुधार गर्दै २००औँ स्थानबाट १९६औँ स्थानमा उक्लिएको छ।
  • पाकिस्तान ३ स्थान घट्दै २०१औँ स्थानमा झरेको छ।

फिफाको यो अद्यावधिक वरीयता नेपाली फुटबलको हालको प्रदर्शन र भविष्यको चुनौतीको स्पष्ट संकेत हो। खासगरी कमजोर टिमहरूसँगको हारले वरीयतामा प्रत्यक्ष असर पारिरहेको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्